दफा १२
भैपरी आउने खर्च

(१) प्रधान न्यायाधीश वा न्यायाधीशले आफ्नो ओहदा सम्बन्धी काममा नेपालभित्र भ्रमण गर्दा वर्षको बढीमा दुई पटकसम्म प्रत्येक पटकको निमित्त अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम भैपरी आउने खर्चको रूपमा पाउनेछ ।

(२) प्रधान न्यायाधीश वा न्यायाधीशले कुनै विदेशी मुलुक, संयुक्त राष्ट्रसङ्घ वा त्यसको विशिष्टिकृत निकाय वा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को निमन्त्रणा वा नेपाल सरकारको निर्णय बमोजिम अन्र्तराष्ट्रिय सम्मेलन, सेमिनार आदिमा भाग लिन नेपाल बाहिर जाँदा नेपाल सरकारले निर्णय गरे बमोजिमको रकम भैपरी आउने खर्च पाउनेछ ।

(३) उपदफा (१) र (२) बमोजिमको खर्चको बिल भरपाई पेश गर्नु पर्ने छैन ।